उत्तराखण्डका मुख्यमन्त्री रावतलाई कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर
फाइल तस्वीर

उत्तराखण्डका मुख्यमन्त्री तीरथ सिंह रावत कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

कोरोना संक्रमणपछि चिकित्सकको निगरानीमा रहेको मुख्यमन्त्री रावतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले आफूलाई कोरोना पोजेटिभ देखिएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन्।

मुख्यमन्त्री रावत बिहिबार दिल्ली पुगेर प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसहित शीर्ष नेतासँग भेटवार्ता गर्ने समय तालिका बनाएका थिए। कोरोना संक्रमणपछि उनको सबै कार्यक्रम रद्द गरिएको छ।

तीरथ मुख्यमन्त्री भएको एकसाता मात्रै भएको छ। उनी भन्दा पहिले पूर्वमन्त्री त्रिवेन्द्र सिंह रावत पनि कोरोना संक्रमित भइसकेका छन्।

उनले दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराएका थिए।

प्रकाशित मिति: : 2021-03-22 14:29:00

प्रतिकृया दिनुहोस्