म्युजियममा रहेको डोनाल्ड ट्र्म्पको मुर्तिलाई दर्शकहरुको मुक्का

अमेरिकाको टेक्सासस्थीत एउटा म्युजियममा रहेको पूर्वराष्ट्रपति डोनाल्ड ट्र्म्पको मुर्तिलाई दर्शकहरुले  मुक्का हान्न थालेपछि प्रसाशनले मुर्ति नै हटाएको छ।

सन एण्टेनियोस्थीत तुषादको वाक्स वर्कस म्‍युज‍ियम अर्थात मैनको मुर्ति राख्ने म्युजियममा ट्र्म्पको साथै रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन र उत्तर कोरियाका तानाशाह किम जोङ्ग उनको मुर्ति राखिएको थियो।  

उक्त म्युजियममा दर्शकहरुले ट्र्म्पको मुर्तिमा लगातार मुक्का हान्न  थालेपछि मुर्ति चर्किएको छ। यसैबीच म्युजियमका मालिक क्‍ले स्‍टीवर्टले राजनैतिक व्यक्तिहरुको मुर्ति राख्नु कठिन काम भएको बताएका छन्। 

प्रकाशित मिति: : 2021-03-22 06:25:00

प्रतिकृया दिनुहोस्