प्रधानमन्त्री ओली जहिल्यै एक कदम अगाडि

विपक्षीमाथि पनि यसरी भारी भइदिन्छन् ओली

रातोपाटी

काठमाडौं

समकालीन राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैजसो दल र नेताका लागि राजनीतिक मुद्दा उठाइदिने काम गर्दै आएका छन्।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका विपक्षी समुहका लागि समेत अन्तरसंघर्षका मुद्दा सिर्जना गरिदिनेमात्र होइन, विपक्षी दलहरूका लागि पनि राजनीतिक एजेण्डा बन्ने विषयहरु खोतलेर सतहमा ल्याइदिने गरेका छन्।

पछिल्लो समय ओलीमाथि निरंकुश, संघीयता विरोधी, संविधान विरोधी, अधिनायकवादका पक्षपाती, विधि–विधान अस्वीकार गर्नेलगायतका विभिन्न आरोप लाग्दै आएको छ। यीमध्ये कतिपय आरोप उनकै दलभित्रका असन्तुष्ट समूहले र कतिपय आरोप विपक्षी दलहरुले लगाउने गरेका छन्।

यसका बाबजुद ओलीका कदमलाई विपक्षी दलहरुले रोक्न वा ओली नेतृत्वको सरकारको विकल्प खोज्ने सन्दर्भमा सफलता पाउन सकेका छैनन्।

प्रकाशित मिति: : 2021-03-21 16:32:00

प्रतिकृया दिनुहोस्