मलद्वारमा खुर्सानीको धुलो राखेर प्रहरीले दिएको त्यो चरम यातना...

बाह्रखरी

काठमाडौं

नेपालको राजनीतिक आन्दोलनको छुट्टै गाथा छ। संघर्षको मैदानमा कोइराला परिवारको साइनो राणाकालदेखिकै हो।

नेपाली लोकतान्त्रिक आन्दोलनको जग कृष्णप्रसाद कोइरालाले बसाएको मानिन्छ।

कोइरालाहरुको जत्तिकै उनीहरुसँग जोडिएका आफन्त र बाहिर रहेकाहरुले पनि प्रजातन्त्र प्राप्ति र गणतन्त्र स्थापनाको विभिन्न कालखण्डमा संघर्ष गरेका छन्।

२००७ सालको आन्दोलनको उठान मोरङबाट भएको थियो। यो जिल्लाले कांग्रेस र कम्युनिष्टसम्मका प्रभावशाली नेतृत्व जन्माउन सफल देखिएको छ।

यिनैमध्येका एक थिए अशोक कोइराला। मोरङमा नेपाली कांग्रेसको भूमिगत संघर्ष र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा उनले अगुवाइ लिए।

कोइरालाको योगदानको युवा पुस्ताले मुक्तकण्ठले प्रशंसा गर्ने गर्छन्। उनै अशोकले आफूले कर्मभूमि र कर्मक्षेत्र बनाएको विराटनगरबाट बिहीबार सदाका लागि बिदा लिए। 

प्रकाशित मिति: : 2021-03-21 11:17:00

प्रतिकृया दिनुहोस्