पुरानो बानेश्वरमा सवारी दुर्घटना हुँदा दुई जना घाईते

काठमाडौँको पुरानो बानेश्वरमा सवारी दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।

शुक्रबार साँझ भएको दुर्घटनामा घाइते हुनेहरुको नाम खुलेको छैन। पुरानो बानेश्वरबाट गौशालातर्फ गईरहेका बा ६७प २७५४ नम्बरको मोटरसाईकल र बा५३प ६३२५ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा सवारी चालकहरु घाईते भएका हुन्।

घाईतेहरुको अवस्था नाजुक रहेको र उनीहरुलाई नजिकैको अस्पतालमा लगेको बताईएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-03-19 19:09:00

प्रतिकृया दिनुहोस्