अमेरिका-रुस सम्बन्धमा दरारः रूसले फिर्ता बोलायो राजदूत

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिका र रुसबीचको सम्बन्धमा दरार आएको छ।

अमेरिकी राष्ट्रपति चुनावमा रुसले पूर्वराष्ट्रपति डोनाल्ड ट्र्म्पलाई सहयोग गरेको रिपोर्ट बाहिर आएपछि रुसले अमेरिकास्थित आफ्नो राजदूत आनातोली अण्टोनोभलाई फिर्ता बोलाएको छ।

परराष्ट्रविदहरुका अनुसार अमेरिकालाई रुसको कडा जवाफ दिन आवश्यक सल्लाह गर्न आफ्नो राजदूतलाई फिर्ता बोलाएको हो।

केहिदिन अघि राष्ट्रपति बाइडेनले एक टेलिभिजन कार्यक्रममा बोल्दै रुसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनले आफ्नो सबै कुकर्मको लागि सजाय भोग्नुपर्ने बताएका थिए। 

प्रकाशित मिति: : 2021-03-19 07:15:00

प्रतिकृया दिनुहोस्