यौन आरोपको दोष सावित भएमा राजिनामा दिन सक्छन् न्युयोर्कका गभर्नर

बिएल संवाददाता

वासिङ्टन डीसी

न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमो माथी लागेको यौन आरोप सत्य प्रमाणित भएमा उनले राजिनामा दिनुपर्ने भएको छ।  

अमेरिकी राष्ट्रपति जो बाइडेनले एबिसी टेलिभिजनसँग कुराकानीमा कुओमो माथी लागेको यौन आरोप सत्य प्रमाणित भएमा उनले राजिनामा दिनुपर्ने बताएका हुन्।

'कुओमो दोषी सावितभए राजिनामा दिन्छन?' भन्ने प्रस्तोताको प्रश्नमा बाईडेनले भनेका छन्, 'दोषी सावित भएमा राजिनामा मात्र होइन उनी माथी नै मुद्दा लाग्ने छ। र कानून बमोजिम सजाय पनि भोग्नु पर्छ।'

न्युयोर्ककी महन्यायधिवक्ता लेटिटिया जेम्सको नेतृत्वमा छानबिन भईरहेको यो प्रकरणले डेमोक्र्याटिक पार्टीको छवीमै दाग लागेको छ। 

गभर्नर कुओमोमाथि केही महिलाहरुले यौन प्रयासको आरोप लगाएका छन्।  तर कुओमोले आफ्नो खुल्ला स्वभावको कारण त्यस्तो लागेको मात्र बताउँदैआफु निर्दोष भएको बताउँदै आएका छन्। 

प्रकाशित मिति: : 2021-03-18 19:58:00

प्रतिकृया दिनुहोस्