मानिसले केही न केही कुरालाई लिएर धेरै तनाव लिइरहेका हुन्छन्।
कामको वा अन्य कुनै पनि कारणले भएको तनावले स्ट्रोक हुने जोखिम हुन्छ। जसले स्वास्थ्य बिग्रदै जान्छ।
अधिक तनाव लिने व्यक्तिमा स्ट्रोकको जोखिम पनि बढ्दै जाने हुन्छ।
मस्तिष्कमा अक्सिजनको थोरै पुग्ने वा आपूर्ति गर्न नसकेमा स्ट्रोक हुन्छ।
मस्तिष्कमा रगत चुहिन थालेका कारण, मस्तिष्कलाई रगत आपूर्ति गर्ने धमनीमा समस्या आएमा वा मस्तिष्कमा अक्सिजन आपूर्ति हुन बाधा पुगेमा स्ट्रोक हुन सक्छ।
स्ट्रोकले एक व्यक्तिलाई शारीरिक रूपमा अक्षम बनाउने, दैनिक कामका लागि अरूमा निर्भर हुनुपर्ने हुन्छ।
जसले थप तनाव, चिन्ता र डिप्रेसन निम्त्याउन सक्छ। स्ट्रोक जहाँसुकै वा कुनै पनि समयमा र जोकोहीलाई पनि हुनसक्छ।
स्ट्रोकको जोखिमबाहेक तनाव बढ्दै गएमा स्नायु प्रणालीले अधिक एड्रेनालाइन र कोर्टिसोल हर्मोन रिलिज गर्छ, जसले रक्तचाप र चिनीको स्तर बढाउँछ।
त्यसपछि मांसपेशीहरूमा सङ्कुचन हुनाले टाउको दुख्ने, माइग्रेन, र शरीरको दुखाइ निम्तिन सक्छ।
स्वास प्रणालीले सासको दर बढाउँछ, जसकारण प्यानिक अट्याक आउन सक्छ।
हृदयको कोरोनरी धमनी सुन्निने, मुटुको दरमा वृद्धि हुनुका साथै हृदयघातको सम्भावना पनि रहन सक्छ।
तनाव बढ्दै गएको बेला ग्यास्ट्रोइन टेस्टाइनल प्रणालीले अधिक खाना, मदिरा वा सुर्तीजन्य पदार्थको सेवन गर्ने चाह बढाउने, पेट पोल्ने, एसिड रिफल्स, वाकवाकी हुने, बान्ता, कब्जियत, झाडापखालालगायतका समस्या निम्त्याउँछ।
यी सबै कुराको जोखिम कम गर्नका लागि तनावको व्यवस्थापन गर्नु सबैभन्दा आवश्यक हुन्छ।