प्रज्ञामा अनिताका कविताहरुको गर्जन् (भिडियोसहित)

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा कवयित्री अनिता लामाको एकल कविता वाचन 'अनिताको आवाज' सम्पन्न भएको छ।

जेसुम अभियानको प्रस्तुतीमा कवयित्री लामाको एकल कविता वाचन सम्पन्न भएको हो। कार्यक्रममा ९५ बर्षका ज्येष्ठ कवि हर्ष स्याङ्बोको समेत उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी तथा लेखिका राधिका शाक्य, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंग प्रसाद उप्रेती, कवि स्नेह सायमी, कवि विप्लव प्रतिक लगायत विभिन्न साहित्यीक अनुरागीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा कवयित्री लामाले 'दियो', 'ओछ्यान', 'पसिना', 'जुत्ता', 'विर्खबहादुर माझी', 'योद्धा', 'ओ एमाले', 'प्रसाद', 'मुसरिया' लगायतका विभिन्न शिर्षकका डेढ दर्जनभन्दा बढि लामो तथा छोटा कविताहरु सुनाएकी थिईन्। 

प्रकाशित मिति: : 2021-03-17 18:49:00

प्रतिकृया दिनुहोस्