बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले यतिबेला अभिनेता अक्षय कुमारसँग चलचित्र 'बच्चन पाण्डे'मा काम गरिरहेकी छन्।
ज्याकलिनले चलचित्रको लागि फरक-फरक काम र सिप सिक्नु परिरहेको बताएकी छन्। उनले शुटिङको क्रममा नयाँ अनुभवहरु बटुलिरहेको बताएकी हुन्। उनले चलचित्र 'बच्चन पाण्डे'को लागि डोरीमाथि हिड्न धेरै मेहनत गर्नु परेको बताएकी हुन्।
चलचित्रको कथा अनुसार ज्याकलिनलाई डोरीमा हिड्नुपर्ने थियो। जसको लागि उनले लामो समय लगाएर डोरीमा हिड्न सिकिन्। 'बच्चन पाण्डे'का आलावा ज्याकलिनले अक्षयसँग अरु ६ वटा चलचित्रमा काम गरिसकेकी छन्। तर उनले यो चलचित्रमा फरक भूमिका निर्वाह गर्नुपरेको बताएकी छन्।