मुटु रोगको जोखिम कम गर्न फर्सीको बियाँ !

Minimalist Baker
Minimalist Baker

फर्सीको तरकारी नखाने त सायदै होलान। यसको स्वाद स्वादिलो हुन्छ, साथै यसभित्रको बियाँ पनि फाइदाजनक छ।

यो पोषक तत्वले भरिएका हुन्छन्, जुन स्वास्थ्यका लागि धेरै लाभदायी हुन्छन्।

थोरै मात्रामा यसको सेवन गर्नाले पनि स्वास्थ्यकर बोसो, आइरन, फोसफोरस, फाइबर, भिटामिन के, भिटामिन बि, प्रोटिन, कपर, म्याग्नेसियम र जिङ्कको पर्याप्त पाइन्छ। 

एन्टिअक्सिडेन्टले भरिएको फर्सीको बियाँको सेवनले मुटुको स्वास्थ्य सुघार्न, प्रोस्टेट, स्तन, कोलोन, फोक्सो, पेटका क्यान्सर र केही रोगविरूद्ध समेत लड्न मद्दत गर्छ।

फर्सीको बियाँको सेवनले प्रोस्टेटलाई स्वास्थ्य राखि मुत्रनलीको कार्यमा सुधार गर्छ। यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै शरीरमा ऊर्जा प्राप्त हुन्छ।

यसमा भएको पर्याप्त म्याग्नेसियमले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न, रक्तचापलाई नियन्त्रण गर्न, मुटु रोगको जोखिम कम गर्न र हड्डीको निर्माण गरी यसलाई स्वास्थ्य राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

यसको सेवनले रक्तचाप घट्ने र राम्रो कोलेस्ट्रोलको मात्रा बढाउने हँुुदा फर्सीको बियाँ मुटुको स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ। फर्सीको बियाँ फाइबरमा धनी हुन्छ। फाइबरयुक्त खानाका धेरै लाभ हुन्छन्। 

यसले मोटोपनालाई नियन्त्रण गर्ने, पेटसम्बन्धी समस्या हुन नदिने, रगतमा चिनीको मात्रालाई बढ्न नदिनेजस्ता फाइदा पुर्याउँछ ।

फर्सीको बियाँमा हुने उच्च जिङ्कले शुक्रकिटको गुणस्तरलाई बढाउने र पुरुष प्रजनन क्षमतामा सुधार ल्याउन सक्छ। 

निन्द्रामा समस्या भएका मानिसका लागि फर्सीको बियाँको सेवन गर्नु फाइदाजनक मानिन्छ। त्यसैले फर्सीको   सब्जी खादाँ यसको बियाँ नफाल्नुहोस्।

प्रकाशित मिति: : 2021-03-17 13:13:00

प्रतिकृया दिनुहोस्