एसएसबीबाट मारिएका गोविन्द गौतमका बुबा भन्छन्, 'हामीले सीमा जोगायौँ, सरकारले हामीलाई जोगाएन'

शिलापत्र

काठमाडाैं

२६ फागुन २०७३ मा कञ्चनपुरको पुनर्वास नगरपालिकाकाे आनन्द बजारक्षेत्रमा कल्भर्टको विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । गौतमका बुबा खेमलाल गौतम र स्थानीयवासीसँग शिलापत्रकर्मी  सागर चन्दले गरेको कुराकानीको सम्पादित अंश । 

खेमलाल गौतम 

छोराको हत्यापछि परिवार अधुरो भएको छ । छोरा नभएपछि बुहारी पनि घर बस्न मन गर्दिनन् । माइततिरै बस्छिन् । सीमारक्षाका लागि भन्दै छोराले छातीमा गोली थापेको चार वर्ष पुगिसक्दा पनि सीमाको समस्या भने समाधान भएको छैन । हाम्रो भूमि मिचिएकै छ । हामीले थिचोमिचो सहनुपरेकै छ । यस्तो देख्दा छोराको बलिदान खेर गयोजस्तो लाग्छ । छोराको ज्यान अनाहकमा गयोजस्तो लाग्छ ।

यो बुढेसकालमा छोरो गुमाउनुपरेको छ । परिवार भताभुङ्ग भएको छ । ३२ वर्षको लक्का जवान छोरो अहिल्यै टुप्लुक्क आउँछ किजस्तो लाग्छ । छोराको नाममा पार्क, सालिक त बनाएका छन् । तर, पार्क र सालिक बनाउँदैमा सीमाको समस्या कहाँ समाधान हुन्छ र ? बरु पार्क र सालिकले गर्दा छोराको झलझली सम्झना आउँछ । बाटोमा छोराका साथी, छोराका उमेरका अरु मान्छे हिँडेको देख्दा पनि छोराको सम्झना आउँछ ।

प्रकाशित मिति: : 2021-03-17 11:50:00

प्रतिकृया दिनुहोस्