३ चैत, काठमाडौं । संघीय संसदको सवैभन्दा ठूला दल नेकपा एमाले मंगलबार तीन ठाउँमा देखियो–बालुवाटार, सानेपा र बल्खुमा । तीनै ठाउँ नेकपा एमालेको ब्यानर प्रयोग भएपनि व्यवहारिक रूपमा पार्टीभित्रका पार्टीका रुपमा थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको चियापान गियो भने सानेपामा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे पत्रकार सम्मेलन र बल्खुमा उपाध्यक्ष वामदेव गौतमको कार्यसम्पादन समितिको बैठक । बालुवाटार र बल्खुमा आयोजित कार्यक्रमको त समय पनि एउटै थियो– विहान एघार बजे ।
दुवैतिरको कार्यक्रम नसकिँदै सानेपामा भोलि शुरू हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन खनाल–नेपाल समूहको पत्रकार सम्मेलन शुरु भयो ।