दुई देशबीचको द्वन्द्ध समाप्त गर्न अमेरिकाको प्रस्तावमा उत्तर कोरिया जवाफविहीन

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति जो बाइडेनकी प्रवक्ता जेन साकीले उत्तर कोरियासँग लगातार सम्पर्क गर्ने प्रयास गरेपनि त्यताबाट कुनै प्रतिक्रिया  नआएको बताएकी छन्।  

कुटनीतिको माध्यमद्वारा दुई देशबीचको द्वन्द र खतरालाइ समाप्त गर्न अमेरिकाले उत्तर कोरियासँग वार्ताको लागि सम्पर्क गर्न खोजिरहेकोे छ। तर उत्तर कोरियाबाट हालसम्म कुनै प्रतिक्रिया नआएको प्रवक्ता साकीले बताईन्।

उनले भनिन्, 'हामीले पटक पटक सम्पर्क गर्यौ। तर उताबाट कुनै प्रतिक्रिया आएको छैन।'

दुई देशबीच लामो समयदेखि विभिन्न मुद्धामा द्वन्द र विवाद हुदै आएको छ। 

प्रकाशित मिति: : 2021-03-16 21:48:00

प्रतिकृया दिनुहोस्