के सरकार संसद्‌लाई पंगु बनाउन चाहन्छ ?

संसद्‌लाई प्रभावहीन बनाउने कोसिस भयो : कांग्रेस

बाह्रखरी

काठमाडौं

'केही मानिसले राष्ट्रिय राजनीति नै हुँडलेर असहज अवस्थामा पुर्‍याए। एकीकृत पार्टी आ–आफ्नो ठाउँमा फर्किनुपर्ने अवस्था सिर्जना भयो। प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि अब हुन्छ। किनभने संसद् पहिलो दिनदेखि मुद्दा लडेर ल्याएको संसद् आफैँ चल्न नदिने र आफैँ वेलमा गएर नारा लगाउने स्थिति बनेको छ,'  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिएको अभिव्यक्ति हो यो।

पुस ५ गते आफैंले विघटन सिफारिस गरेको प्रतिनिधिसभाको ३ पटक बैठक बसिससकेको छ। तर, कुनै पनि बैठकमा प्रधानमन्त्री सहभागि छैनन्। तर, उनी संसद परिसरमा भने देखापर्ने गरेका छन्। मंगलबार पनि उनी प्रतिनिधिसभा बैठक सकिएपछि संसद भवन आइपुगेका थिए।

काम गर्न दिएन भन्दै आफैंले विघटन सिफारिस गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुन:स्थापना त गरिदियो। तर, प्रधानमन्त्री केपी ओलकिो ध्यान त्यो प्रतिनिधिसभाको बैठकलाई सहयोग गर्नेतिर नदेखिएको प्रतिपक्षी सांसदहरूको आरोप छ।

आफैंले विघटन गरेको संसदमा जान नैतिक रुपमा असहज मानेको र सकेसम्म यसलाई पंगु बनाएर विघटनको औचित्य स्थापित गर्ने प्रयत्नमा प्रधानमन्त्री देखिएको उनीहरूको टिप्पणी छ। 

प्रकाशित मिति: : 2021-03-16 18:26:00

प्रतिकृया दिनुहोस्