९३ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक

प्रियंका चोपडा र उनका पति निक जोनसले ९३ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक गरेका छन्। भर्चुअलरुपमा सोमबार बेलुका २३ वटै विधाको मनोनयन  घोषणा भएको हो।

नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘म्यांक’ सर्वाधिक १० विधामा मनोनित भएको छ। चलचित्र ‘सिटिजन केन’ निर्माण गर्दाको पर्दा पछाडिको कथा समेटिएको चलचित्र म्याङ्क सर्वोत्कृष्ट चलचित्रसहित अभिनेता ग्यारी ओल्डम्यान, अभिनेत्री एमान्डा सिफ्रेइड तथा निर्देशक डेविड फिन्चर मनोनयनमा परेका छन्।
 
६ चलचित्रले समान ६ विधानमा मनोनयन प्राप्त गर्न सफल भएका छन्। द फादर, जुडास एण्ड द ब्ल्याक मसिहा, मिनारी, नोम्याडल्याण्ड, साउण्ड अफ मेटल र द ट्रायल अफ द सिकागो ७ ले सर्वोत्कृष्ट चलचित्रसहित समान ६ विधामा मनोनयन प्राप्त गरेका हुन्।

सर्वोत्कृष्ट चलचित्रका लागि मनोनयनमा परेको प्रोमिसिङ्ग योङ् वुमन ले पाँच विधामा मनोनयन प्राप्त गरेको छ।

अहिलेसम्म अस्करमा सर्वोत्कृष्ट निर्देशकका लागि मात्रै सात महिला मनोनयनमा परेका छन्।

क्लोइ गैरश्वेत वर्गबाट निर्देशक अवार्डका लागि मनोनयनमा पर्ने पहिलो महिला हुन्। यस्तै उनी एउटै वर्ष चार मनोनयन प्राप्त गर्ने पहिलो महिला पनि हुन्।

आउँदो अप्रिल २५ मा अस्कर अवार्ड वितरण हुनेछ।

महत्वपूर्ण विधाका सूचि :
फिल्म
फादर
जुडास एन्ड द ब्ल्याक मसिहा
म्यांक
मिनारी
नोमल्यान्ड
प्रमिसिङ योङ वुमन
साउन्ड अफ मेटल
द ट्रायल अफ दी सिकागो सेभेन

निर्देशक
थोमस भिन्टरवर्ग –एनदर राउन्ड
एमेराल्ड फेनेल –प्रमिसिङ योङ वुमन
डेभिड फिन्चर –म्यांक
ली आइज्याक चुङ –मिनारी
चोल झाओ –नोमल्यान्ड

अभिनेत्री
भायोला डेभिस –म राइनिज ब्ल्याक बटम
आन्ड्रा डे –द युनाइटेड स्टेट्स भर्सेस बिल्ली होलिडे
भेनेसा किरबाइ –पिसेज अफ अ वुमन
फ्रान्सेस म्याकडरम्यान्ड –नोमल्यान्ड
क्यारी मुलिगन –प्रमिसिङ योङ वुमन

अभिनेता
रिज अहमद –साउन्ड अफ मेटल
चाडविक बोसम्यान –म राइनिज ब्ल्याक बटम
एन्थोनी हपकिन्स –द फादर
ग्यारी वल्डम्यान –म्यांक
स्टिभन युनान –मिनारी

छायांकन
जुडास एन्ड द ब्ल्याक मसिहा
म्यांक
न्यूज अफ दी वल्र्ड
नोमल्यान्ड
द ट्रायल अफ दी सिकागो सेभेन

सम्पादन
द फादर
नोमल्यान्ड
प्रमिसिङ योङ वुमन
साउन्ड अफ मेटल
द ट्रायल अफ दी सिकागो सेभेन

अन्तर्राष्ट्रिय फिचर
डेनमार्क –एनादर राउन्ड
हङकङ –बेटर डेज
रोमानिया –कलेक्टिभ
ट्युनिसिया –द म्यान हु सोल्ड हिज स्किन
बोस्निया एन्ड हर्ज गोभिना –क्यो भाडिस ऐडा

प्रकाशित मिति: : 2021-03-16 12:12:00

प्रतिकृया दिनुहोस्