१३ जिल्लाको भौतिक निर्माणको जिम्मा वाग्मती प्रदेश सरकारले लिने

File photo
File photo

वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले प्रदेशको १३ वटै जिल्लाका जनताको लागि भौतिक पूर्वाधारको निर्माण गर्ने, रोजगारको अवसर जुटाउने तथा सुविधायुक्त शहरीकरण गर्ने जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको बताएका छन्।

मन्त्री फुयाँलले आज उनकै कार्यकक्षमा रासससँग संक्षिप्त कुराकानी गर्दै प्रदेशको राजधानी हेटौँडालाई मात्रै आधुनिक सुविधायुक्त शहर बनाउने र सबै योजना एकै ठाउँमा केन्द्रित गर्ने सरकारको उद्देश्य नरहेको स्पष्ट पारे।  

उनले हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित अन्य १० वटा जिल्लामा सडक सञ्जाल जोड्ने क्रममा आगामी वैशाखसम्ममा पुष्पलाल चक्रपथ सडकको निर्माण कार्य प्रारम्भ हुने जानकारी दिए।

\मन्त्री फुयाँलले सरकारले चालू आवको बजेट र नीति कार्यक्रममा ल्याइएको शीतभण्डार भवनको निर्माण र पशुपालन गर्ने कृषकलाई प्रोत्साहनस्वरुप दुग्ध सहकारी संस्थामार्फत प्रतिलिटर जनही दुई अनुदान दिने क्रममा हालसम्म साढे आठ करोड अनुदान रकम वितरण गरिएको बताए। 

मन्त्री फुयाँलले सङ्घीय राजधानी काठमाडौँलाई प्रदेशको राजधानी हेटौँडासँग जोड्ने सुरुङमार्गको निर्माणको लागि प्रदेश सरकारले अहिले आन्तरिक गृहकार्य सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। रासस

प्रकाशित मिति: : 2021-03-15 20:10:00

प्रतिकृया दिनुहोस्