ब्रेकअपको तनावबाट कसरी पाउने छुटकारा?

Photo: Medium
Photo: Medium

प्रेम भनेको सिक्काको दुई पाटा होl जहाँ स्वार्थ र निस्स्वार्थ दुवै समावेश हुने गर्छl जब मानिस प्रेममा पर्छ तब उनीहरू सोच्ने गर्छन् कि संसारलाई जित्ने शक्ति मात्र उनीहरूसँग छl

प्रेम एउटा यस्तो महसुस हो जहाँ मानिसहरू हाँसी खुसी रमाउने गर्दछन्l तर जब प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूको सम्बन्ध टुट्छ तब उनीहरू नै टुट्ने गर्छन् जसले गर्दा उनीहरूमा तनाव उत्पन्न हुने गर्छl त्यसैले आउनुहोस्, चर्चा गरौं प्रेम सम्बन्ध टुटे पनि यसबाट छुटकारा पाउने उपायबारे। जसलाई तल दिइएको छ।

बढी मात्रामा आफ्नो परिवारसँग घुलमिल हुने गर्नुहोस्l किनकि मात्र परिवारले तपाईँलाई बुझ्नका साथसाथै सम्हान पनि सक्छ l त्यसैले आफ्नो परिवारसँग नजिकि बढाउनुहोस्l  

कहिल्यै पनि त्यस व्यक्तिको समान आफूसँग नराख्नुहोस्l जसले तपाईँलाई तनावग्रस्त बनाउँछl त्यसैले त्यस्ता सामानलाई आफू भन्दा टाढा नै राख्दा उचित रहन्छl

नयाँ मित्रहरू बनाउनुहोस् साथै साथीहरूसँग घुमघाम पनि बढाउनुहोस्l जसले गर्दा तपाइको मन घुल्ने गर्छ र तनावबाट पनि सजिलै निस्कन सकिन्छ।  

सधैँ आफूलाई व्यस्त राख्नुहोस् र नयाँ कामको सुरुवात गर्नुहोस् l जसले तपाईँको ध्यान प्रेम सम्बन्ध टुटेकोमा नभई काम जान्छl त्यसैले स्वयंलाई व्यस्त राख्नुहोस्l

जब तपाईँको प्रेम सम्बन्ध टुट्छ तब एक्लै एक्लै बस्ने बानी नगर्नुहोस्l उक्त कुराबारे आफ्नो त्यस्तो एक साथीलाई बताउनुहोस्l जसले तपाईँलाई राम्रोसँग बुझ्नका साथै तपाईँलाई सम्झाउन पनि सक्छl

प्रकाशित मिति: : 2021-03-14 22:23:00

प्रतिकृया दिनुहोस्