स्वास्थ्यका लागि कोकाकोला ठिक कि बेठिक?

ED Times
ED Times

गुलियो पेय पदार्थ मोटोपना, मधुमेह र दाँतको क्षतिसहित धेरै स्वास्थ्य समस्याका महत्त्वपूर्ण कारण हो। 

कोकाकोलाको एक क्यान पिउँदा एक घण्टाभित्र शरीरमा हानिकारक प्रभाव पार्न सक्ने अनुसन्धानले देखाएको छ। ब्रिटेनका पूर्व फार्मास्टिक नीरज नाइकका अनुसार मात्र तीन सय ३० मिलिलिटर कोकाकोलाको सेवनले एक घण्टाभित्र शरीरमा विभिन्न प्रभाव ल्याउन सक्छ। 

एक क्यान कोकाकोलामा ३७ ग्राम चिनी अर्थात् १० चम्चा चिनी राखिएको हुन्छ। स्वस्थ रहनका लागि, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले दैनिक ६ चम्चाभन्दा धेरै चिनी नखान सल्लाह दिएको छ। तर, एक क्यान कोकाकोला पिउँदा, एकै पटकमा चाहिनेभन्दा बढी चिनीको उपभोग हुन्छ।

सन् २०१५ को एक अध्ययनले गुलियो पेय पदार्थको सेवन विश्वभर एक लाख ८४ हजारभन्दा बढी मानिसको मृत्युको जिम्मेवार रहेको देखाएको थियो। कोकाकोला पिएको पहिलो १० मिनेटमा शरीरमा १० चम्चा चिनी भित्र जान्छ। यो मात्रा दिनभरि वा २४ घण्टामा लिनुपर्ने चिनीको मात्राभन्दा धेरै हुन्छ। कोकाकोलामा भएको अत्यधिक चिनीले मानिसलाई बान्ता गराउन सक्छ। तर, यसमा भएको फोसफोरिक एसिडले बान्ता हुन नदिने र धेरै पिउन चाहना बढाउने गर्छ।

कोकाकोला पिएको २० मिनेटपछि मानिसको ब्लड सुगर लेभल एक्कासि बढ्छ । कलेजोले अत्यधिक चिनीलाई बोसोमा परिणत गर्छ, जसकारण माटोपना बढ्न जान्छ।

कोकाकोला पिएको ४० मिनेटपछि शरीरले सबै क्याफिनलाई सोसेर लिन्छ। अर्कोतर्फ ब्लड प्रेसर पनि बढ्दै जान्छ। मस्तिष्कमा रगतको सञ्चार कम हुन जान्छ र निद्रालाई हटाउने काम गर्छ।

कोकाकोला पिएको ४५ मिनेटपछि शरीरले डोपामाइनको उत्पादन बढाउँछ। दिमागको खुसी दिने भाग सक्रिय बनाउँछ। शरीरलाई मादक पदार्थ सेवन गरेको जस्तो लाग्छ। यो समयमा मानिसलाई अर्को एक क्यान कोकाकोला पिउने चाहना जाग्छ।

कोकाकोला पिएको ६० मिनेटपछि शरीरमा भएको चिनीको मात्रा घट्न थाल्छ। जसकारण अल्छी लाग्ने तथा निद्रा लागेजस्तो महसुस हुने गर्छ। चिनी र अन्य कृत्रिक तत्वको बढ्दो मात्राका कारण मेटाबेल्जिक बढ्छ। कोकमा भएको पानी पिसाबद्वारा बाहिर निक्लन्छ। त्यसैले कोक पिउनु भन्दा नापियेकै उत्तम हुन्छ। 

प्रकाशित मिति: : 2021-03-14 20:51:00

प्रतिकृया दिनुहोस्