जमरा हामी प्राय दशैँको समयमा टिकासँग लगाउने गर्छौं। हिन्दु धर्म अनुसार यसको आफ्नै महत्व छ। तर जमरा हाम्रो स्वास्थ्यको लागी पनि निकै लाभदायक छ।
यसलाई हामी विभिन्न प्रकारको रोगका औषधिको रुपमा प्रयोग गर्न सक्छौँ। जमरालाई हामी जुस बनाएर प्रयोग गर्न सक्छौँ। यसको जुस स्वादमा मिठो नभए पनि स्वास्थ्यको लागी फादजनक छ। जमराको जुसले यस्ता फायदा गर्छन्।
यसको जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ। यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिदैन। किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ।
समय नपुगी कतिको केस फुल्ने गर्छ। हाँगा फाट्ने, रुखो हुने, झर्ने समस्या पनि धेरैले झेलिरहेका हुन्छन्। यदि दिनहुँ जमराको जुस पिउने हो भने केसका यी समस्या हट्छ।
कब्जियतको समस्या झेलिरहेकाले जमराको जुस सेवन गर्न सक्छन्। यसले शरीरको पाचन क्रिया चुस्त राख्छ।
मधुमेह नियन्त्रणका लागि पनि जमराको रस पिउनुपर्छ। यसले रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गर्छ।
जमराको जुसले शरीरमा रक्त संचार प्रक्रिया चुस्त बनाउँछ। यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ। साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ।
छालालाई जवान, चम्किलो, मुलायम राख्नका लागि गहुँ को जमराको जुस एकदमै प्रभावकारी हुन्छ। किनभने यसमा प्राकृतिक न्यूट्रिशन र एन्टि अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ। यी तत्वले शरीरमा बुढोपन आउन दिदैन। नियमित रुपले यो पिउँदा छाला हाइड्रेट रहन्छ। छालाको दाग, धब्बा पनि हट्छ। चाहुरीपन हट्छ।