गाजरको प्रयोग हामी भान्सामा विभिन्न प्रयोजनको लागी प्रयोग गर्ने गर्छौं। गाजरलाई हामी काचैँ खाने गर्छौं। गाजरको जुस बनाएर पनि खाने गरिन्छ।
गाजरले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पु¥याउने गर्छ। यसमा विभिन्न औषधी गुणहरु पाइने गर्छ। जसलाई आज चर्चा गर्नेछौँ।
दिनदिनै गाजर खादाँ यसले ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हटाउन मदत गर्दछ। त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ।
पालुंगो र गाजरलाई कोरेर दुधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस्। यसले शरीरमा रगतको कमी हुन दिदैँन्।
इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस्। पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ।
जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ। गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ। एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकीसमेत निको हुन्छ।
यसमा क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन्। यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ।
गाजरको रसमा अमलाको रस र वीरे नुन मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ।
चश्मा लगाउनुहुन्छ भने दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस्। जसले गर्दा आँखाको तेज बढ्छ।