ढिलोचाँडो टीकापुर घटना राजनीतिकरण हुन्छ : लक्ष्मण थारु [अन्तर्वार्ता]

आयोमेल

काठमाडौँ

जिल्ला अदालत कैलालीको फैसला उल्टाउँदै उच्च अदालत दिपायलले लक्ष्मण थारुलगायत नेता–कार्यकर्तालाई आजीवन कारावासको सजाय सुनायो। उच्च अदालतको फैसलापछि लक्ष्मण थारु अहिले भूमिगत छन्। उनै थारुलाई एउटा गोप्य स्थानमा भेट्ने मौका जुर्‍यो। 

शुक्रबार वेलुकापख लक्ष्मणले पठाएका मानिसको सहारामा अज्ञात स्थलमा उनीसँग भेट भयो। झण्डै दुई साताअघि पनि उनलाई यसरी नै भेट्ने मौका जुरेको थियो। सो भेटमा उनी केही निरास र थकित देखिन्थे। तर शुक्रबार भेट्दा उनको मुहार खुलेको थियो, केही आशावादी देखिन्थे। लक्ष्मण थारुसँग आयोमेलका लागि मोहन जोशीले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय टीकापुर घटना सत्तासँग जोडिएर आएको छ, यसलाई कसरी लिनुभएको छ ?
संसद विघटनको मुद्धालाई अदालतले उल्ट्याएपछि उत्पन्न राजनीतिक परिस्थिति त्यसमा पनि नेकपा एमाले र नेकपा माओवादी अलग–अलग भएपछि अहिले सत्तासमीकरणको प्रक्रिया सुरु भएको छ।

यो अस्वाभाविक पनि हैन। किनकि बहुमत पुर्‍याउन सक्ने दलले मात्रै सरकार चलाउन पाउने छ। अहिले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रपछिको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) हो। सरकार गठनको ‘की’ (साँचो) को रुपमा जसपा रहेको छ। 

यस्तो अवस्थामा टीकापुरको मुद्धा आउनु स्वाभाविक हो। तर टीकापुर घटनालाई कसरी लिने, रेशम चौधरीको रिहाइ किन गर्ने भन्ने कुरा सत्ताको लेनदेनसँग जोडिएको विषय भने हैन। यद्यपि समयले त्यो प्वाइन्टमा पुर्‍याएको छ। अहिले जसपा सत्ताकोे ‘की’  पोष्टमा छ । जसका कारण अलि बढी महत्व दिएजस्तो मात्रै हो । 

रेशम चौधरी जसपाकै सांसद भएका कारण जसपाले रेशम र टीकापुर घटनाका बारेमा सम्झौता गर्दा असहज मान्नु पर्ने अवस्था भने छैन । 

प्रकाशित मिति: : 2021-03-13 21:37:00

प्रतिकृया दिनुहोस्