जसले षडयन्त्रको पर्दाफास गर्ने जिम्मेवारी पाएको हुन्छ, त्यो नै षडयन्त्रमा परेको छ।
नागरिकलाई छिटोछरितो न्यायिक सेवा उपलब्ध गराउने जिम्मेवारीमा बसेकी न्यायिक समितिकी संयोजक रमिता प्रधान र उनका श्रीमान विनोद गामी षडयन्त्रमा परेका छन्।
महोत्तरी जिल्लाको मनरासिस्बा नगरपालिकाकी उपमेयरसमेत रहेकी प्रधान र उनका श्रीमान गामी आयोजित षडयन्त्रको शिकार बनेका हुन्। उपमेयर प्रधानका श्रीमान गामीमाथि छिमेकी १४ बर्षिया बालिकालाई अपहरण गरेको आरोप लागेको छ।
श्रीमान गामीमाथिको लागेको आरोप आयोजित षडन्यत्र भएको उपमेयर प्रधानले बताएकी छन्। 'म र मेरो श्रीमानको राजनैतिक र समाजिक प्रतिष्ठा धुमिल्याउन राजनितिक दलको गुटले यो प्रपञ्च रचेको हो।'- उनले भनिन्।
प्रधान र गामी जनता समाजवादी पार्टी जनकपुरका प्रभावशाली राजनीतिकर्मी मानिन्छन्। 'म राजनैतिक मार्गबाट उपमेयरमा निर्वाचित भएको हुँ। म र मेरो श्रीमानको राजनैतिक भविष्य बिग्रार्न आफ्नै पार्टीभित्रको गुटले षडयन्त्र गरेको हो।' - उनले जिकिर गरिन्।
पुष १ गते बुधबार साँझ ७ बजे गामीको अपरहणमा परेको भनिएकी बालिका गामीले नै २० बर्षदेखि विपन्न परिवारलाई उपभोग गर्न दिएको जग्गामा बनेको शौचालयभित्र भेटिएकी थिईन्। अपहरण घटनामा स्थानीय गिना बैठा, परिक्षण साह र विनोद गामीको संलग्नता रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट हल्ला फिजाएर बदनाम गर्न खोजिएको उपमेयर प्रधानले बताईन्।
घटना भएको दिन स्थानीय परिक्षण साह र विनोद गामी छिमेकी रामबाबु यादवले नातिको जन्मदिन र नयाँ व्यवसाय सुरु गरेको उपलक्ष्यमा आयोजना गरेको पारिवारिक भोजमा गएका थिए।
'भोज खाईरहेका मानिस कसरी कसैको अपहरणमा संलग्न हुनसक्छ?' उनले प्रश्न गर्दै भनिन्- 'यो सब षडयन्त्र हो।'
घटनाको सत्यतथ्य छानबिन गर्न उपमेयर प्रधानले माग गरेकी छन्। 'मेरो श्रीमान दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार हुनुहुन्छ, होइन भने षडयन्त्रका योजनाकार र घटनामा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ।' उनले आक्रोश व्यक्त गरिन्।