अमेरिकी सरकारद्धारा प्रहरी कारवाहीमा मारिएका जर्जको परिवारलाई क्षतिपुर्तीबापत २.७ करोड डलर दिने घोषणा

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा प्रहरी कारवाहीमा मारिएका अश्वेत जर्ज फ्लॉएडको परिवारले २.७  करोड अमेरिकी डलर पाउने भएको छ।

उनको परिवारलाई क्षतिपुर्तीबापत अमेरिकाको सिटि काउन्सिलले २.७  करोड अमेरिकी डलर दिने घोषणा गरेको हो। अश्वेत नागरिक जर्ज गत बर्ष २५ मे मा प्रहरी कारवाहीमा परी मारिएका थिए।

उनको गर्धनमा खुट्टाले ९ मिनेटसम्म थिचेर विभत्स तरिकाले हत्या गरिएको थियो।  त्यतीबेला जर्जको मृत्युपश्चात मिनियापोलिससहित अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन भएको थियो।

एउटा पसलमा नक्कली नोट लिएर सामान किन्न गएका जर्जलाई प्रहरीले पक्राउ गरेको थियो। त्यतीबेला प्रहरीको कारवाहीमा परी उनको मृत्यु भएको थियो। उनको मृत्युमा संग्लन तिन जना प्रहरीविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो। जुन मुद्दा अहिलेपनि विचाराधीन अवस्थामा छ। 

अमेरिकाको राष्ट्रपतिमा जो वाइडेन निर्वाचित भएपछि  वाइडेनले मृतक जर्जकी छोरीसँग जनसमुदायले देख्ने गरि घुँडा टेकेर अमेरिकी सरकारको तर्फबाट माफी मागेका थिए। जसको चारैतिर प्रंशसा समेत भएको थियो। 

प्रकाशित मिति: : 2021-03-13 09:34:00

प्रतिकृया दिनुहोस्