रेशम चौधरीको रिहाइ कानुनी रुपमा कति सम्भव?

देखापढी

काठमाडाैं

सुजन पन्त 

नेकपा एमाले र माओवादी केन्द्र कित्तामा विभाजित भएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा छ र कुनै पनि बेला सरकारको चाबी फुत्किन सक्ने डर ओलीलाई छ। त्यसैले उनी आफ्नो नेतृत्वको सरकार बचाउन एकमात्र अस्त्रको रुपमा जनता समाजवादी पार्टीलाई रिझाउन थालेका छन्।

त्यसको मुख्यबिन्दुमा छन्, जन्मकैदको सजाय भोगिरहेका सांसद रेशम चौधरी। यतिबेला जनता समाजवादी पार्टीको मुख्य एजेन्डा नै चौधरीको रिहाइ हो। ओली आफ्नो सरकार जोगाउन लागेपछि पछिल्लो समय कैलाली टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका सांसद चौधरी रिहा हुने संकेत देखिएको छ।

जसपा नेताहरुले ‘उधारो आश्वासनले मात्रै हुन्न, पहिला चौधरीलाई रिहा गर, अनि सरकारलाई समर्थन दिने सम्बन्धमा सोच्न सकिन्छ’, भनिरहेका छन्। जसपाका नेताहरुको अभिव्यक्तिपछि सत्तारुढ नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाउनकै लागि चौधरीको घटनालाई चासोका साथ हेरेका छन्।

अब माग कार्यान्वयन नगद नै हुनुपर्ने भनेर अडानमा बसेको जसपाको माग प्रतिपक्षमा रहेका दलले तत्काल सम्बोधन गर्न सक्ने सम्भावना छैन। पछि प्रचण्ड वा देउवा नेतृत्वको सरकार कहिले बन्ने र कहिले लागू गर्ने भन्ने कुरा उधारोमा हुन जाने हुनाले अहिले खनखनी नगद नै चाहिएको भनेर भनिनुको अर्थ पनि ओलीसँग सहकार्य गर्ने वातावरण बन्नु भएको जसपाका एक नेताले बताए।

प्रकाशित मिति: : 2021-03-12 14:19:00

प्रतिकृया दिनुहोस्