श्रम सम्झौता भएका जापान, मौरिसस र इजरायलमा कहिलेदेखि पठाइन्छ नेपाली कामदार ?

शिलापत्र

काठमाडाैं

 रमेश भारती

सरकारले आर्थिक वर्ष २०७५/७६ मा चार रोजगारदाता देशसँग श्रम सम्झौता गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत आर्थिक वर्षमा जापान, मलेसिया, यूएई र मौरिसससँग श्रमिक आपूर्ति गर्ने विषयमा सम्झौता गरेको थियो ।

चालु आर्थिक वर्षको असोजमा इजरायलसँग पनि सरकारले श्रम सम्झौता गरेको थियो । श्रम सम्झौता गर्दा सन् २०२१ को जनवरीदेखि कामदार पठाउने भनिएको थियो ।

सरकारीस्तरमा श्रम सम्झौता भएको मलेसिया र यूएईमा म्यानपावर कम्पनीले रोजगारीका लागि कामदार आपूर्ति गर्दै आएका छन् । श्रम सम्झौता भएका जापान, इजरायल र मौरिससमा भने सरकारले कामदार पठाउन सकेको छैन ।

श्रम सम्झौता भए पनि प्राविधिक विषयमा छलफल भइरहेकाले यी देशमा तत्काल श्रमिक आपूर्ति गर्ने विषयमा टुंगो लाग्न नसकेको श्रम मन्त्रालयले बताउँदै आएको छ ।

सरकारीस्तरमा श्रम सम्झौता भएका देशमा कहिलेदेखि कामदार आपूर्ति गर्ने भन्ने विषयमा श्रम मन्त्रालय पनि अन्योलमा छ । ती देशमा कहिलेदेखि जान पाइन्छ भनेर रोजगारीको खोजीमा रहेका श्रमिक प्रतीक्षामा छन् ।

प्रकाशित मिति: : 2021-03-12 11:38:00

प्रतिकृया दिनुहोस्