बिहानै खाली पेटमा पानी पिउनु लाभदायक

uziprosto

पानी भनेको जीवन हो। स्वस्थ जीवनका निम्ति दैनिक रूपमा पानी पिउनु निकै लाभदायक मानिन्छ। 

आयुर्वेददेखि आधुनिक चिकित्सा पद्धतिसम्म खाली पेट पानी पिउने कार्यलाई महत्त्वपूर्ण मानिन्छ।

बिहान उठ्नेबित्तिकै खाली पेट कमसेकम चार गिलास पानी अर्थात् एक लिटर पानी पिउनु अत्यन्त जरुरी मानिन्छ।

दैनिक पानी पिउने कार्यले मानिसको पाचन शक्ति बढाउनुका साथै धेरै रोगबाट मुक्त गराउँछ।

हरेक बिहान खाली पेट पानी पिउने प्रक्रियालाई वाटरथेरापी ट्रिटमेन्ट भनिन्छ। 

पानी सेवन गर्नुभन्दा एक घण्टा पहिले र एक घण्टापछिसम्म केही नखानु अत्यन्त लाभदायक र स्वास्थवर्धक मानिन्छ। 

सुरुवातमा एकैचोटि एक लिटर पानी पिउन अलि मुस्किल हुनसक्छ तर बिस्तारै–बिस्तारै बानी बसाल्दै गएमा केही दिनपछि तपाईको शरीरलाई आफैँ पानीको बानी बस्नेछ ।

त्यसबाहेक वाटरथेरापी ट्रिटमेन्टको मद्दतले टाउको दुख्ने, जिउ दुख्ने, अर्थराइटिस, हृदयको तेज गति, इपलिप्सी, ब्रोंकाइटिस, अस्थमा, टिबी, मेनेन्जाइटिस, किड्नी र युरिनसँग सम्बन्धित सम्पूर्ण रोग निको पार्न सकिन्छ।

त्यति मात्र नभई विज्ञहरूका अनुसार पानी पिउने उक्त प्रक्रियाले उल्टी, ग्यास्ट्रिक, डाइरिया, बबासिर, मधुमेह, कब्ज, आँखाको समस्या, क्यान्सर, महिनावारी मा अनियमितता, कान, नाक, घाँटी र हृदयसँग सम्बन्धित रोगहरूसमेत नियन्त्रण गर्न सकिन्छ।

उपचार पद्दति :

  • वृद्ध र अशक्त हुनुहुन्छ भने बिस्तारै पानी धेरै खाने बानी बसाल्नुस्।
  • खाना, खाजा र बेलुकाको खाना खाएको १५ मिनेटपछि दुई घण्टासम्म पानी र भोजन केही सेवन नगर्नुहोस्।
  • बिहान उठ्नेबित्तिकै र दाँत माझ्नुअघि नै चार ग्लास पानी पिउनुहोस्।
  • ब्रस गरेको कमसेकम ४५ मिनेटसम्म खाना तथा पानी नपिउनुस्।
प्रकाशित मिति: : 2023-04-07 05:21:00

प्रतिकृया दिनुहोस्