प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ।

बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

प्रतिनिधिसभा पुनर्थापना पछि बुधबार दोस्रोपटक प्रतिनिधिसभाको बैठक बसेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: : 2021-03-10 13:55:00

प्रतिकृया दिनुहोस्