नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ।
बुधबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ।
बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक मंगलबार बसेको थियो।