सात महिनामा पन्ध्र सय उद्योग दर्ता

बिएल संवाददाता

महेनद्रनगर
File photo
File photo

कोरोना कहर सामान्य बन्दै गएपछि मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन्।

स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ।

घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अनुसार उद्योग दर्ता विगत वर्षको भन्दा ह्वात्तै बढेको छ। चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म)  एक हजार ५३८ उद्योग घरेलु कार्यालयमा दर्ता भएका छन्।

गत चालु आवमा यहाँ ७३४ उद्योगमात्रै दर्ता भएको कार्यालयका सूचना अधिकृत धर्मानन्द भट्टले जानकारी दिए।“यहाँ दिनहुँजसो उद्योग दर्ता गर्ने क्रम बढिरेहको छ”, सूचना अधिकृत भट्टले भने, “कोरोनाका बेला कार्यालय बन्द रहँदा पनि यहाँका सेवाग्राही सेवा लिन पाएका थिएनन्।”

कोरोना कहरमा टोकन प्रणाली लागू गरेर नियमित कामकाज शुरु गरिएको थियो। उनले  पछिल्लो समयमा सरकारले महिला उद्यमीका लागि उद्योग दर्तामा गरेका छुटका कारण पनि उद्योग दर्ता गर्ने बढेको बताए।रासस

प्रकाशित मिति: : 2021-03-10 09:53:00

प्रतिकृया दिनुहोस्