ससंद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु छुट्टाछुट्टै बस्ने

File photo
File photo

आज बस्न लागेको प्रतिनिधिसभाको बैठकको लागि संसद सचिवालयले नेकपा एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको जनाएको छ। 

नेकपा खारेज भएपछि संसद सचिवालयले आजको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको हो। 

नेताहरुको बसाईले बैठकमा समस्या सिर्जना नहोस भनेर दुवै पार्टीलाई छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाइएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए। 

एमालेका सांसदहरु बस्ने नजिकै अर्को लहरमा  माओवादी केन्द्रका नेताहरु बस्ने व्यवस्था मिलाइएको योगीले बताए। 

बैठक दिउँसो १ बजे सुरु हुनेछ। 

प्रकाशित मिति: : 2021-03-10 09:19:00

प्रतिकृया दिनुहोस्