माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र( को स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ।

मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकबारे जनकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद, सरकार सञ्चालन र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा कांग्रेस र जसपा वार्ता गर्ने निर्णय गरेको बताए।

उनले नेकपा एमालेसंग पनि आवश्कता अनुसार वार्ताको प्रक्रिया अगाडि बढाउने बताए।

आजको बैठकले फागुन २९ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-03-09 15:41:00

प्रतिकृया दिनुहोस्