इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २-० गोलको अन्तरले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरेका थिए। खेलको ३१ औं मिनेटमा एभर्टनका बेन गडफ्री आत्मघाती गोल गरेका थिए।
जितसँगै चेल्सीले २८ खेलमा ५० अंक जोड्न सफल भएको छ।