कतै मिलन, कतै विछोड

वरिष्ठ नेता माधव नेपालको समूह साबिकको एमालेमा सक्रिय हुने भएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएको अर्को दिन नेपाल समूहले आफ्ना एजेन्डालाई जीवित राख्दै पूर्ववत् एमालेमा क्रियाशील हुने निर्णय गरेको हो।

वरिष्ठ नेताहरू नेपाल, झलनाथ खनालसहित पूर्वएमाले समूहका स्थायी कमिटी सदस्यहरू सोमबार दिउँसो अर्याल होटेल नयाँबानेश्वर बसेका थिए। अदालतको फैसलाप्रति असहमति रहे पनि कार्यान्वयन गरेर अगाडि जानुको विकल्प नरहेको निष्कर्षपछि उनीहरू प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको संयुक्त बैठकमा भाग लिन पेरिसडाँडा पुगेका थिए। 

प्रकाशित मिति: : 2021-03-09 06:01:00

प्रतिकृया दिनुहोस्