एमालेमै फर्किए माधव–झलनाथ

नेकपा एमाले र माओवादी केन्द्रले अन्ततः अलग–अलग भएर जाने निर्णय गरेका छन्।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड–माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र  माओवादी अलग–अलग भएर जाने निर्णय गरेकाे एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। 

बैठकमा दुबै तर्फका नेताहरुले अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग–अलग जानुपर्ने धारणा राखेको माओवादी केन्द्र स्रोतले जनाएको छ।

उनले अदालतको फैसला कार्यान्वयन गर्ने बताउदै सँगै यसमा आफुहरुको असहमति रहेको कुरा पनि प्रष्टरुपमा राख्दै जाने बताए।

अलग–अलग भएर गएपनि सर्वोच्च अदालतले रिट निवेदक भन्दा बाहिर गएर फैसला गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन्। 'अदालतको निर्णय गम्भीर असहमति राखेका छौं'– उनले भने।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपाको उदेश्यका बारेमा गम्भीरतापूर्वक समीक्षा गरेर अघि बढ्ने जनाए। यद्यपि, नेपालका सबै कम्युनिष्ट पार्टीहरुको एकतालाई जारी राख्ने नेता श्रेष्ठले बताए।

राजनीतिक रुपमा आफ्नो स्पष्ट विचार राख्ने र कानूनी उपचार पनि खोज्ने श्रेष्ठले बताए। 

यसअघि नेता रघुजी पन्तले पनि सर्वोच्चको फैसलापछि एमाले र मावोवादी केन्द्रको एकताको सम्भावना खोज्नुपर्नेमा जोड दिएको बैठकमा बताएको उल्लेख गरेका थिए। उनले फेरि पनि एकता जोगाउनको लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्नुपर्ने सुझाव दिएका थिए।

 

प्रकाशित मिति: : 2021-03-08 19:04:00

प्रतिकृया दिनुहोस्