महिलालाई शिक्षा र आर्थिक क्षेत्रमा समानताको अवसर दिनुपर्छः उपराष्ट्रपति पुन

File photo
File photo

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने बताएका छन्।

१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गरेको नारी सम्मान समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्नेमा जोड दिए।

महिला सशक्तीकरण कुनै पनि देशको विकाससँग जोडिएको सवाल भन्दै उपराष्ट्रपति पुनले महिलालाई दुई महत्वपूर्ण पाटो शिक्षा र आर्थिक क्षेत्रमा समानताको अवसर दिलाइनुपर्ने बताए। उनले नेपालको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता आवश्यक रहेको र महिलाद्वारा सञ्चालित उद्योग व्यवसायमा राज्यले विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने बताए।

उपराष्ट्रपति पुनले नेपालमा विभिन्नखाले क्रान्ति र आन्दोलनमा महिलाको सक्रिय सहभागिता रहेको र उनीहरुको संलग्नता र सङ्घर्षबाटै अहिलेको उपलब्धी भएको भन्दै उनीहरुको योगदान र वलिदानको उच्च सम्मान प्रकट गरे।रासस

प्रकाशित मिति: : 2021-03-08 18:30:00

प्रतिकृया दिनुहोस्