सर्वोच्च अदालतको फैसलापछि विराटनगरमा एमालेको पार्टी कार्यालय ब्युँताइएको छ।
पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेकपा एमाले पार्टी कार्यालय ब्युँताएका हुन्।
विराटनगर–११ पाञ्चालीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कार्यालय थियो। तर आइतबार सर्वोच्चको फैसलापछि उत्साहित बनेको ओली समूहले मदन स्मृति भवनमा नेकपा एमालेको बोर्ड राखेको हो।
पार्टी एकताअघि पनि सो कार्यालय नेकपा एमालेको थियो। पार्टी विभाजपछि ओली समूहले कार्यक्रम गर्दै आएका थिए।
सर्वोच्चको फैसलापछि आइतबार दीपावली गरेको ओली समूहले सोमबार नेकपाको कार्यालय हटाएर एमालेको कार्यालय स्थापना गरेको हो।