एउटा गाउँ, जहाँ २० वर्ष पुगेका अविवाहित महिला भेटिदैनन्

अनलाइनखबर

काठमाडाैं

प्रकाश सिंह

 बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट तीन दिन हिँडेपछि पुगिन्छ, स्वामिकार्तिक खापर गाउँपालिका-१, मुुक्तिकोट । पहिले ‘डुमकोट’ भनिने यो गाउँ माओवादी विद्रोह चुलिदै गएपछि ‘मुक्तिकोट’ भएको हो । गाउँका चार सय परिवारको भोक-रोगमा भने नामको परिवर्तनले केही फरक पारेको छैन ।

मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ अनुसार सिंगो बाजुराको ६४.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छ । गरिब घर परिवार पहिचान बोर्डको २०७२ सालको प्रतिबेदनले ७१.१ प्रतिशत बाजुरावासीलाई गरिबको कोटीमा राखेको छ । तीनवटै प्रतिवेदनलेे बाजुरालाई नेपालको सबभन्दा गरिब जिल्ला भनेका छन् ।

बाजुरा भित्रको स्वामिकार्तिक खापर गाउँपालिका सबभन्दा गरिब स्थानीय तह हो । गरिब घर परिवार पहिचान बोर्डको प्रतिवेदनले यो गाउँपालिकाको ७५ प्रतिशत जनसंख्यालाई गरिबिको रेखामुुनि देखाएको छ ।

प्रकाशित मिति: : 2021-03-08 11:46:00

प्रतिकृया दिनुहोस्