सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम बदर गरी ऋषि कट्टेलको कम्युनिष्ट पार्टीलाई वैधानिकता दिएपछि प्रदेशसमेत तरंगित बन्न पुगेको छ।
खासगरी नेकपाभित्रको विवादबीच आएको सर्वोच्चको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीबीचको ध्रुवीकरण अब प्रस्टसँग हुने विश्लेषण हुन थालेको छ।
तर, एमालेबाट माओवादीतर्फ प्रचण्ड निकट भएका र उताबाट पनि ओली निकट आएकाले के गर्लान् भन्ने अड्कलबाजीसमेत हुन थालेको हो।