नेपाली कांग्रेस रोल्पाले जिल्लाका १० वटै स्थानीय तहमा आफ्ना कार्यकतालाई पार्टी प्रशिक्षण दिन थालेको छ।
नेपाली काँग्रेसका नीति शिद्धान्त आगामी कार्यदिशा तथा स्थानीय तह सञ्चालनका बारेमा प्रशिक्षण दिइरहेको जनाएको छ।
लामो समयको अन्तरालपछि प्रशिक्षित हुन पाउँदा कार्यकर्ता पनि उत्सुकताका साथ प्रशिक्षणमा सहभागी भएको कांग्रेसले जनाएको छ।
काँग्रेस रोल्पाको अभियान, सवल र बैचारिक संगठनको निर्माण भन्ने नाराको साथ पालिकास्तरीय पार्टी प्रशिक्षण तथा संगठन शुढृढीकरण अभियान चलाएको हो।
जिल्लाका सबै स्थानीय तहमा आफ्ना कार्यकतालाई एक दिनको प्रशिक्षण दिइरहेको जनाएको छ। नेपाली काँग्रेसका नीति, शिद्धान्त, आगामी कार्यदिशा तथा स्थानीय तह सञ्चालन ऐनका बारेमा प्रशिक्षण दिइरहेको छ।
प्रशिक्षणका लागि काँग्रेसका केन्द्रीय तहका प्रशिक्षकहरु नहकुल केसी, प्रमोदहरी गुराँगाई, मदन कटेल, डाक्टर गोविन्दराज पोख्रेल, राजु नेपाल, रीता खनाल लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिने छन्।
लामो समयको अन्तरालपछि कांग्रेस रोल्पाका गाउँबस्तीहरुमा निस्केएपछि, स्थानीय तहका नेता कार्यकर्ताहरुको उत्साहजनक रुपमा सहभागी भएका छन् । आफ्नो पार्टीको बारेमा जानकारी पाउँदा खुसी भएको कार्यकर्ताको भनाई छ।
नेपाली काँग्रेसको नीति, शिदान्त, वर्तमान राजनीतिक घटना, स्रोल्पाका स्थानीय तहमा भइरहेका गतिविधिहरुलाई नेपाली कांग्रेसले कसरी लिइरहेको छ भन्ने बारेमा जानकारी आफ्ना कार्यकर्ताहरुलाई गराउने नेपाल विद्यार्थी संघका अध्यक्ष शेर बहादुर थापाले बताए।
उनका अनुसार काँग्रेसका कार्यकर्ताको राजनीतिक क्षमतामा बृद्धि हुने छ। काँग्रेसको इतिहास, वर्तमान, र अवको काँग्रसको भविष्यका बारेमा कंँग्रेसले गरेका विकास निर्माणको बारेमा जानकारी दिइने नेपाली काँग्रेस रुन्टीगढी गाउँपालिकाका संयोजक जनक पुनको भनाई छ।
कांग्रेसको नीति, शिद्धान्त तथा वर्तमान राजनीति परिदृष्यका बारेमा आम कार्यकर्तालाई जानकारी कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस रोल्पाले जनाएको छ। प्रशिक्षित भएका कार्र्यकर्ताबाट फेरी गाउँ गाउँमा प्रशिक्षण दिन समेत आग्रह गरिएको छ।
कांग्रेसको संगठनको शुढृडिकरण, आगामी दिनमा नेपाली काँग्रेस कसरी अघि बढ्ने भन्ने बारेमा पनि जानकारी गराइने नेपाली कांग्रेस, रोल्पाका सभापति अमरसिंह पुनमगरले बताए। परिवर्तीत समय अनुसार कांग्रेस कसरी अगाडी बढ्ने बारेमा पनि सल्लाह लिइने छ।
१९ गतेबाट सञ्चालन भएको पालिकास्तरीय पार्टी प्रशिक्षण तथा संगठन शुढृढीकरण अभियान २८ गतेसम्म सञ्चालन हुने कांग्रेस रोल्पाले जनाएको छ। अहिलेको प्रशिक्षणबाट झन्डै तीन हजार कार्यकर्ता प्रशिक्षित हुने मौका पाउने काँग्रस रोल्पाको भनाई छ।