मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित भएका छन्।
शान्ति समाजको यही फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठकका क्रममा सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको निर्वाचनमा वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल, महासचिवमा काठमाडौँका रामकृष्ण बराल र कोषाध्यक्षमा काठमाडौँ कै जगन्नाथ पुडासैनी निर्वाचित भएका छन्।
यसैगरी प्रदेश १ सचिवमा विकास थापा, प्रदेश २ सचिवमा अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा बाबुहरि आचार्य, गण्डकी प्रदेश सचिवमा धीरज थापा, लुम्बिनी प्रदेश सचिवमा मीना ढकाल, कर्णाली प्रदेश सचिवमा पुष्पा मल्ल, सुदुरपश्चिम प्रदेश सचिवमा मदनबहादुर कुँवर, सचिव आदिवासी÷जनजाति रामप्रसाद जोशी, सचिव मधेशीमा बन्दना सिंह, सचिव दलितमा निर्मल नेपाली र सचिव महिलातर्फ नम्रता खरेल निर्विरोध निर्वाचित भएका छन्। रासस