साकार बन्दै मेलम्ची सपना

नागरिक दैनिक

सिन्धुपाल्चोक

२०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए।

चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए।

२०५१ सालको मध्यावधि निर्वाचनमा पनि काठमाडौं–१ र पर्साबाट चुनाव लडेका उनले फेरि पनि भट्टराईले मेलम्चीको पानीले राजधानी धुने नारा छाडेनन्।

प्रकाशित मिति: : 2021-03-07 07:00:00

प्रतिकृया दिनुहोस्