घाँटी दुख्दा नखानुहोस्, यी चिज !

Symbolic photo
Symbolic photo

मौसम परिवर्तन हुँदैछ र यामा अधिकांशमा देखिने सबैभन्दा सामान्य समस्या भनेको घाँटी दुखाइ हो। 

यो एक सामान्य ब्याक्टेरिया वा भाइरसका कारण हुने रोग हो जुन दुईदेखि तीन दिन वा सोभन्दा पनि बढीसम्म रहन्छ। घाँटी दुखाइको समस्याले खाने, पिउने वा कुरा गर्ने क्षमतालाई असर गर्छ। 

घाँटी दुख्दा निश्चित मात्रामा जलन हुने, चिलाउने, जसकारण खोकी लाग्ने हुनसक्छ। दुखाइ र जलन कम गर्ने धेरै घरेलु उपचारहरू छन्।

साथै, यस मौसममा वा घाँटीको दुखाइ भइरहेको बेलामा केही खाद्य पदार्थहरूबाट जोगिन सकिए घाँटी दुख्ने समस्या नहुने वा भए पनि लामो समयसम्म नरहने हुन्छ। त्यसैले आउनुहोस् चर्चा गरौं, उक्त समस्या हुँदा सेवन नगर्न नहुने चिज्बरे। 

घाँटी दुखाइबाट पीडित हुँदा दहीको सेवन गर्नु हुँदैन। दहीले खोकीलाई बिगारेर कफलाई गाढा बनाउने काम गर्छ। पनीर वा चिज क्याल्सियम, भिटामिन र खनिजमा धनी भए पनि घाँटी दुख्ने बेलामा यसको सेवन गर्नु राम्रो हुँदैन। यसले खकारलाई बिगार्न र घाँटीमा जलन बढाउन सक्छ ।

यदी तपाई सो समस्याबाट गुज्रीरहनु भएको छ भने सुन्तला, कागतीलगायतका अमिलो फलको सेवन नगर्नुहोस। यी फलको सेवनले घाँटीमा जलन निम्त्याई एलर्जी र चिलाउने समस्या हुनसक्छ। 

फ्राइड खाना पचाउन गाह्रो हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता कम गर्छ र भाइरसविरूद्ध लड्ने शरीरको क्षमतालाई सुस्त पार्छ । साथै, उच्च तेलमा पकाइएको खानाले जलन निम्त्याई घाँटी चिलाउने हुनसक्छ।

प्याकेज गरिएको जुस कृत्रिम रङ र चिनीले भरिएको हुन्छ, जसले इन्फ्लामेसन (सुन्निने समस्या) निम्त्याउन सक्छ। साथै, यसमा भएको फिज सामग्रीले पेटमा एसिडको मात्रा बढाएर एसिड रिफ्लक्स निम्त्याउन सक्छ।

इम्ली, इम्लीको पाउडर वा इम्ली भएको खाना, आमचुर पाउडरको सेवनले पनि घाँटीको दुखाइलाई बढावा दिन सक्छ। यी खानाले घाँटीमा एलर्जी गराउन सक्छ जसले जलन र दुखाइ निम्त्याउँछ। त्यसैले यी खानेकुराको सेवन नगर्दा नै उचित हुन्छ। 

प्रकाशित मिति: : 2021-03-06 21:06:00

प्रतिकृया दिनुहोस्