किन पिउने चिकेन सुप ?

BBC
BBC

कोरोना भाइरसविरूद्धको खोप लगाएपछि सामान्य ज्वरो आउने (कसैमा छोटो समयको लागि अत्यधिक ज्वरो आउने), काँपेकोजस्तो महसुस हुने, शरीर गलेको महसुस हुने (मायलजिया), थकान, शरीरमा दुखाइ, वाकवाकी लाग्ने जस्ता साइड इफेक्ट देखिन सक्छ जुन केही समय वा दिनपछि आफैँ हराएर जाने हुन्छ।

त्यस्तै, ज्वरो वा शरीर दुखाइका लागि सामान्य प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ। विज्ञहरूका अनुसार यी साइड इफेक्टहरू शरीरभित्र भइरहेको सङ्क्रमणसँग लड्ने प्रक्रियाको परिणाम हुन्। 

सीडीसीले खोप लगाएपछि प्रतिरक्षा प्रणालीलाई बढावा दिन र छिटो निको हुन पानीको मात्रा उच्च भएको खाद्यपदार्थको सेवन गर्न सिफारिस गरिएको छ।

त्यसैले, मासु खाने मानिसले खोप लिएपछि चिकेन सुप (कुखुराको मासुको झोल) बनाएर खान उचित हुने बताइएको छ। चेस्ट जर्नलका अनुसार कुखुराको सुपले वास्तवमै लाभदायक औषधीय प्रभाव पार्नुका साथै हल्का एन्टी इन्फ्लेमेटरी प्रभाव पार्छ। साथै, सुप बनाउन प्रयोग हुने मासला तथा अन्य चिजमा पनि उत्तिकै फाइदाजनक हुन्छ।

 मासु नखाने मानिसले कनै पनि तरकारीको तातो सुप बनाएर खान सकिन्छ। सुपमा सिमी, दाल, आलु, ब्रोकाउली जस्ता अन्य प्रतिरक्षा–बढाउने खानालाई समावेश गरे अझ राम्रो हुन्छ। त्यसैले सुप पिउनु उत्तम मानिन्छ। 

प्रकाशित मिति: : 2021-03-06 20:54:00

प्रतिकृया दिनुहोस्