सुन्दर अनुहारका लागि अण्डा !

HerZindagi
HerZindagi

अण्डा शरीका लागि मात्र नभइ छालाका लागि पनि निकै लाभदायक मानिन्छ। अण्डाकाे सेताे भाग ब्यूटी ट्रिटमेन्टका रूपमा पनि प्रयाेग गरिन्छ।

यसको सेतो भाग खनिज, भिटामिन र प्रोटीनले भरिएको हुन्छ, जसले छालालाई दाग रहित बनाएर सुन्दर बनाउने काम गर्छ। त्यसैले आज हामी चर्चा गरौं, अण्डाले अनुहारमा पुर्याउने फाइदाबारे। जसलाई तल दिइएको छ। 

एन्टी एजिङ्ग फेस प्याक 
अण्डाकाे सेताे भागकाे प्रयाेग एन्टी एजिङ्ग ट्रिटमेन्टकाे रूपमा पनि प्रयाेग गरिन्छ। यसकाे लागि अण्डाकाे सेताे भाग एक चम्चा लिनुहाेस्।

यसमा २-३ थाेपा सुगन्धित शुद्ध तेल मिसाउनुहाेस् । अब यसलाई अनुहारकाे सबै भागमा लगाउनुहाेस्। यसले छालालाई कसिलाे बनाउनुका साथै छाउरीपना हटाउन मदत गर्दछ। 

दागरहित छालाका लागि फेस प्याक 
अनुहारकाे दाग, धब्बा हटाउनका लागि एक चम्चा अण्डाकाे सेताे भागमा एक चम्चा चिनी र एक चम्चा मकैकाे पीठाे मिसाउनुहाेस् र लगाउनुहाेस्।

यसले अनुहारकाे ब्लाकहेड्स र दाग-धब्बा हटाउँछ। साथै अण्डालाई सुपरफुड्स पनि भनिन्छ। याे शरीका लागि मात्र नभइ छालाका लागि पनि निकै लाभदायक मानिन्छ।
 

प्रकाशित मिति: : 2021-03-06 20:30:00

प्रतिकृया दिनुहोस्