म्यान्मारः सेना समर्थित पार्टीको आक्रमणबाट २ 'प्रजातन्त्र पक्षधर' मारिए

Myanmar Now
Myanmar Now

म्यान्मारमा सैन्य 'कू'पछि देशभर हिंसात्मक गतिविधि बढ्दो छ। महिना दिनदेखि नेपिटो, रंगुन, माण्डले, मोगोक, माग्वेलगायत मुख्य शहरमा अशान्त छाएकाे छ।

सैन्य शासनपछि म्यान्माली जनता दिनहुँ सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म कम्तीमा ५५ जनाले सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका छन्। आन्दोलनमा घाइते सयौं स्वतन्त्र नागरिकको विभिन्न अस्पतालमा उपचार जारी रहेको स्थानीय पत्र–पत्रिकामा खबर छ।

जुन्ता सरकारविरूद्ध आन्दोलन तीब्र बनेपछि, देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रजातन्त्रवादी नागरिकले प्रहरी निषेधाज्ञाको अवज्ञा गरिरहेका छन्। दैनिकजसो आन्दोलनकारी सुरक्षाकर्मीबाट मारिएपनि प्रदर्शन रोकिएको छैन।

नेत्री आङ सान सु की नेतृत्वको पार्टी प्रजातन्त्र पुनःस्थापन माग गरिरहेको छ। नेता–कार्यकर्ता सडक आन्दोलनमा भएपनि नेत्री सु की सैन्य नियन्त्रणमा छिन्। सैन्य सरकार समर्थित पार्टीका कार्यकर्ताले नेशलल लिग फर डेमोक्रेसी पार्टी समर्थक नेता–कार्यकर्तालाई आक्रमण गर्न थालेका छन्।

म्यान्मारको माग्वेमा शुक्रबार सेना समर्थित समूहले नेत्री सु की समर्थक स्थानीय नेता र उनका भतिजाको हत्या गरेका छन्। नेशलल लिग फर डेमोक्रेसी पार्टीका गाउँ अध्यक्ष यतओय नायङ र उनका १५ वर्षीय भतिजा नान वाई आङको छुरा प्रहार गरी हत्या गरेका हुन्। परिवार स्रोतका अनुसार जुन्ता सरकारको विरोध नगर्न समेत उनीहरूले चेतावनी दिएका छन्। 

एकाविहानै सडकमा हिडिँरहेका स्थानीय नेता नायङसहित ५ जनालाई सेना समर्थक २ व्यक्तिले छुरा प्रहार गरेको मृतकका छोरा वो वो–ले स्थानीय पत्रिका म्यान्मारनाओलाई बताएका छन्। वो वो भन्छन्– 'अर्का नेताको घर जान हिडिँरहेका थियौं। वर्कशपको अगाडि हामीमाथि उनीहरूले आक्रमण गरे। हामी जे चाहन्छौं, त्यो गर्न सक्छौं भन्र्दै हामीलाई मार्नुपर्छ भन्थें।'

स्थानीय थिन लिनका अनुसार पीडित र आक्रमणकारीबीच कुनैपनि विवाद भएको थिए। सेना समर्थकले उनीहरूमाथि एकाएक छुरा प्रहार गरेका थिए। आक्रमणमा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ती मध्ये केहीलाई छुराको गहिरो चोट लागेको छ। 'हामी भाग्यौं तर बुबा र भाईलाई बचाउन सकेनौं'– मृतक नायङका छोरा वो वो भन्छन्। 

प्रजातन्त्रवादी समर्थकलाई आक्रमण गर्ने एक जनाको पहिचान भएको स्थानीय पत्रिकाले जनाएको छ। क्यवा खिन ओओ जो– सेना समर्थित पार्टी यूएसडीपी रहेका छन्। उनी गत निर्वाचनमा 'तल्लो सदन'मा चुनाव लडेर हारेका थिए।

आरोपित ओओविरूद्ध चुनावताका विपक्षी नेता–कार्यकर्तालाई आक्रमण गरेका थ्रुपै उजिरीहरू प्रहरी कार्यालयमा रहेका छन्। उनले प्रतिद्वन्द्धलाई पटकपटक आक्रमण गरेको गम्भीर आरोप छ।

प्रकाशित मिति: : 2021-03-06 08:22:00

प्रतिकृया दिनुहोस्