दाँतको पहेलोपनबाट यसरी पाउनुहोस्, छुटकारा !

Apple Dental
Apple Dental

दाँतले हाम्रो सुन्दरता झल्काउछ, तर यहि दाँत नै फोहोर र पहेलो भयो भने नराम्रो देखिन्छ। कसैसँग कुरा गर्दा पनि पहेलो दाँतले आत्मविश्वास घटाउछ। त्यसैले पनि दाँतको पहेलोपनबाट छुटकारा पाउनु एकदमै धेरै आवश्यक छ।

हामी धेरैले स्याउको भिनेगरको बारेमा त सुनेको नै छौ। यो बजारहरु तिर उपलब्ध नै हुन्छ। यद्यपि यस स्याउ भिनेगरका धेरै आश्चर्यजनक फाइदाहरू छन्, तर हामी यसले कसरी दाँतको पहेलोपनलाई हटाउन सक्छ। आउनुहोस, चर्चा गरौं यी बारे। 

 स्याउ भिनेगरले दाँतको पहेलोपनबाट छुटकारा पाउन सकिन्छ :

•    स्याउ भिनेगरले गहराइ र कोमलताका साथ् दाँतलाई आन्तरिक रुपमा सफा गर्छ।
•    यसले गर्दा, यदि हामी एसिडिक छौ भने पनि, पीएच उही नै रहन्छ, र दाँत पहिले भन्दा अझ सफा, सेतो र चम्कीलो देखिन्छ।
•    यसले हाम्रो गम्सहरूलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ।
•    स्याउ भिनेगरलाई मात्र एक कप पानीमा आधा चम्चा मिसाउनु पर्ने हुन्छ र जब सम्म दाँत पूर्ण रूपमा सफा हुँदैन ब्रश                 गर्नुपर्छ। यसले हाम्रो दाँतको दागलाई हटाउँनुका साथसाथै, दाँतलाई बिस्तारै चम्काउछ।

 यसलाई प्रयोग गर्नु भन्दा अगाडी यी कुराहरु ध्यान राख्नु धेरै महत्वपुर्ण छ:

•    स्याउ भिनेगर प्रयोग गर्दा बोतललाई राम्रोसँग हल्लाएर मात्र प्रयोग गर्नुपर्छ।
•    यसलाई पानीमा नमिसाईकन प्रयोग गर्दा हानिकारक हुन सक्छ, किनभने यो एक प्राकृतिक एसिड हो।
•    यसको अत्यधिक रुपमा प्रयोग गर्नु हानिकारक हुन सक्छ, साथै यसलाई दिनमा एक चोटि भन्दा धेरै प्रयोग नगर्नुहोस् अन्यथा यसले हाम्रो दाँतको सतहमा क्षति पुर्याउन सक्छ।

प्रकाशित मिति: : 2021-03-05 17:16:00

प्रतिकृया दिनुहोस्