सत्य-स्वरूपलाई प्रश्‍न- २० लाख खर्च गरेर ‘मैसाब’ बनाउँदा के पाउनुभयो?

देखापढी

काठमाडाैं

  कृष्णसिंह धामी

मैसाबले घाइते दिलमा आरा चलाइस्यो, 
लौ न नि के अचम्मको पारा चलाइस्यो, 
जालीम नजर कस्तो ज्यानमारा चलाइस्यो। 

तीन महिना अगाडि सार्वजनिक भएको यो गीत अझै पनि धेरै मानिसको मन, मस्तिष्कमा झुण्डिएको छ। सामान्यतया गीतहरू केही दिन भाइरसको रूपमा आउने अनि लोप हुन्छन्। तर, यो गीतले दिनप्रतिदिन चर्चा बटुल्दै गएको छ। 

सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत तथा स्वरमा सार्वजनिक गीत ‘मैसाब’ को चर्चा अहिले पनि उस्तै छ। टिकटक, सामाजिक सञ्जालदेखि लिएर मानिसहरूको मुखमा पनि यहि गीत झुण्डिएको छ। त्यतिमात्र नभएर सडकमा पनि यहिँ गीतको चर्चा चल्यो। 

बजारमा दैनिकजसो आउने गीतभन्दा अलि पृथक शैलीको यो गीतले चर्चा पाउनु पनि स्वभाविक नै हो। त्यसमा पनि झन् दरबारिया भाषा तथा शैलीको प्रयोग भएपछि थप आकर्षक बनेको छ। 

यो गीत अब वैशाखपछि विवाह व्रतबन्ध समय सुरु हुँदा थप चर्चा पाउनेमा सत्य–स्वरुप आशावादी छन्। “अहिले पनि टिकटकमा लोकप्रिय नै भइहाल्यो। त्यसका साथै युट्युबमा पनि हेर्नेको संख्या बढिरहेको छ। अब विवाह व्रतबन्धको समयमा थप चर्चा पाउँछ कि भन्ने आशामा छौं”, सत्यले भने। 

प्रकाशित मिति: : 2021-03-05 13:23:00

प्रतिकृया दिनुहोस्