कंगनाको निशानामा दीपिका 

Photo : Twitter
Photo : Twitter

बलिउड नायिका दीपिका पादुकोणले हालै एउटा  जिन्स कम्पनीकी ग्लोबल ब्रान्ड एम्बेसेडर बनेकी छिन्। तर यो कुराले विवाद निम्ताएको छ।  

विवाद निम्त्याउने पात्र कंगना रनौत हुन्। कंगनाले दीपिकाको नाम त लिएकी छैनन् तर उनीमाथि निशाना लगाएकी छन्। 

रनौतले आफ्नो ट्वीटमा लेखेकी छन्, ‘यी महिलाले आफ्नो व्यक्तित्व मात्रै झल्काएका छैनन्, आफ्नो पुरा सभ्यता, संस्कृपत र राष्ट्रलाई पनि प्रतिनिधित्व गरे। आजको समयमा यस्ता सफलता पाउने व्यक्तिहरुको तस्बिर खिचिन्छ जो फाटेको जिन्स र रुमालजस्तो ब्लाउज देखाउँछन् जसले अमेरिकी मार्केटिङबाहेक कसैलाई पनि प्रतिनिधित्व गर्दैनन्।’

कंगनाले यो पोस्टमा तीन महिलाको तस्बिर सेयर गरेकी छिन् जो भारत, जापान र सिरियाका बताइएका छन्। कंगनाको यो पोस्टले पछिल्लो समय भारतिय सञ्चारमाध्यमहरुमा चर्चा पाईरहेको छ।

उनको पोष्टबाट यो पनि अनुमान लगाउन सकिन्छ की उनले दीपिकालाई कटाक्ष गरेकी छन्। 

प्रकाशित मिति: : 2021-03-05 08:04:00

प्रतिकृया दिनुहोस्