केन्द्रीय तथ्यांक विभागको रिपोर्ट : गत वर्ष आर्थिक वृद्धिदर माइनस १.९९%

गत आर्थिक वर्ष ०७६÷७७ मा देशको आर्थिक वृद्धिदर माइनस १ दशमलव ९९ प्रतिशतमा झरेको छ।

कुल गार्हस्थ्य उत्पादनको गणना हुन थालेको ६० वर्षको इतिहासमा देशको अर्थतन्त्र यति कमजोर कहिल्यै भएको थिएन। यसअघि गत वैशाखमा आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो।

केन्द्रीय तथ्यांक विभागले बिहीबार अन्तिम गणना सार्वजनिक गरेको हो। कोरोना महामारीले देशभर गरिएको लकडाउनको असरका कारण आर्थिक वृद्धिदर माइनस दुई प्रतिशतनजिक पुगेको विभागको भनाइ छ।

प्रकाशित मिति: : 2021-03-05 06:10:00

प्रतिकृया दिनुहोस्